Home / भिडियो / ‘निर्जला’ को यस्तो आयो गीत (भिडियोसहित)

‘निर्जला’ को यस्तो आयो गीत (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘निर्जला’ को दशैं गीत रिलिज भएको छ । नेपालीहरुको महान् पर्व दशैंलाई लक्षित गरेर सार्वजनिक गरिएको ‘यसपालीको दशैं…….’ बोलको गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर सुन्न सकिन्छ । राजु गिरी निर्देशित फिल्मको यस गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा खोलेका छन् । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दशैं आउँदाको रमझम देखाइएको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भन्न चाहन्छन् । असोज १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले गाउँले परिबेशको कथा भन्छ । फिल्ममा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

नीता ढुंगानाले ‘जवानीको बजार लाग्या छ……’ भनेपछि (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या …