Home / भिडियो / ‘बादशाह जुट’ मा एक लाखको काफल ? (भिडियोसहित)

‘बादशाह जुट’ मा एक लाखको काफल ? (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘बादशाह जुट’ को अफिसियल गीत सार्वजनिक भएको छ । पुस १३ गते रिलिज डेट पक्का भएको ‘काफल पाक्यो….’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमसँग ठुम्का लगाएकी छिन् । लोक फ्लेवरको गीतमा राजनराज सिवाकोटीको स्वर छ । उनले पहिलो पटक आफ्नो शब्द तथा संगीत नभएको गीतमा आवाज भरेका हुन् । उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा देखाइएको काफल नक्कली रहेको निर्देशक जोनी सिंह राणाले बताए । अफसिजनका कारण काफल नेपालमा नपाइएकाले मुम्बईबाट बनाएर नेपाल ल्याउँदा नक्कली काफल हिरा भन्दा महंगो परेको भन्दै झन्डै एक लाख लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

‘२०’ को कमाइ ५ सय करोड नाघ्यो

काठमाडौं । रजनिकान्त र अक्षय कुमारको फिल्म स्टारर फिल्म ‘२.०’ ले विश्वभरको कमाई ५ सय …