Home / भिडियो / पाइरेसीको शिकार भयो ‘क्याप्टेन’

पाइरेसीको शिकार भयो ‘क्याप्टेन’

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ पाइरेसीको शिकार भएको छ । ‘प्रेम किंग चान’ नामक एक युट्युब च्यानलमा हलमा फिल्म हेर्दै गर्दा मोबाइलबाट खिचिएको पूरा फिल्म अपलोड गरिएको हो । पाइरेसी भएको यो फिल्म विस्तारै डाउनलोड र सामाजिक सञ्जालमा भाइरल हुने देखिएको छ । बलियो कानुन नहुँदा फस्टाईरहेको अनलाइन पाइरेसीको मारमा ‘क्याप्टेन’ पनि परेको हो । यसअघि प्रदर्शनरत अवस्थामा ‘बाटो मुनिको फूल’ ‘छड्के’ ‘ड्रिम्स’, छक्का पञ्जा’ लगायत थुप्रै फिल्म अनलाइन पाइरेसी भएका थिए । फिल्म ‘क्याप्टेन’ पाइरेसी भएपछि निर्माण युनिट तनावमा छ ।

प्रतिकृया दिनुहोस

Check Also

गौरव शिक्षक र अनु पत्रकार बनेपछि

काठमाडौं । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ …