Home / भिडियो / यस्तो आयो ‘दाल भात तरकारी’ को शिर्ष गीत

यस्तो आयो ‘दाल भात तरकारी’ को शिर्ष गीत

काठमाडौं । आगामी बैशाख २० गते रिलिज मिति तोकिएको फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘भिजिट भिषामा’ सार्वजनिक गरेको हो । राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ । फिल्ममा उनीहरु अभिनेता पुष्पको माता(पिताको भूमिकामा छन् । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् । मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माता हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

गौरव शिक्षक र अनु पत्रकार बनेपछि

काठमाडौं । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ …