Home / भिडियो / ‘जात्रै जात्रा’ जेठ ३ मा मात्र, गीतसहित

‘जात्रै जात्रा’ जेठ ३ मा मात्र, गीतसहित

काठमाडौं । ‘जात्रै जात्रा’ फिल्म विभिन्न मितिबाट सरेर जेठ ३ गते आउने कन्फर्म भएको छ । उक्त डेट राखेर निर्माण टिमले आइतवार पहिलो गीत सार्वजनिक गरेको छ ।
यो फिल्मलाई हप्ता दिन पछाडि सर्दा पनि बक्सअफिसमा सहज भने हुनेछैन । किनकि, जेठ ३ मा अर्को प्रतिक्षीत फिल्म ‘वीरविक्रम २’ पनि रिलिज हुँदैछ । शनिबार ‘जात्रै जात्रा’ र ‘वीरविक्रम २’ निर्माताबीच निर्णायक वार्तामा भएको थियो । ‘वीरविक्रम २’ केही पछाडि सार्न निर्माता मिलन चाम्सलाई ‘जात्रै जात्रा’ टिमले आग्रह गरेको थियो । तर, चाम्स आफ्नो निर्णयबाट डगमगाएनन् । दुबै हिट फिल्मको दोस्रो सिरिज भएका कारण दर्शकमा दुबै फिल्मको प्रतिक्षा छ । ‘वीरविक्रम २’ मा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन लिड रोलमा छन् । प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झालगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

गौरव शिक्षक र अनु पत्रकार बनेपछि

काठमाडौं । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ …