Home / भिडियो / प्रदीपको आँगनीमा जसिताको कमाल [भिडियोसहित]

प्रदीपको आँगनीमा जसिताको कमाल [भिडियोसहित]

काठमाडौं । चलचित्र ‘लभ स्टेशन’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । ‘घाम जून’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार अर्को रोमान्टिक गीत ‘मेरो आँगनीमा’ सार्वजनिक गरेको हो । सुरेश लामाको स्वर रहेको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् ।
फिल्मका निर्देशक उज्जवल घिमिरेको शब्द रचना रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतको एरेञ्ज रिकेश गुरुङले गरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रदीप रिसाएकी जसितालाई गीत गाएर फकाउँदै देखिएका छन् । ट्रेलरका कारण दर्शकमाझ झनै प्रतिक्षीत बनेको फिल्म ‘लभ स्टेशन’ मा प्रदीप गायकको भूमिकामा छन् । फिल्मका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । यसलाई निर्देशक घिमिरेले सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताएका छन् । चलचित्र चैत २२ मा प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस

Check Also

गौरव शिक्षक र अनु पत्रकार बनेपछि

काठमाडौं । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ …