Home / भिडियो / नाजिरले संगै जान खोज्दै शिल्पालाई सोधे –तिमी जाने बाटो कता ?

नाजिरले संगै जान खोज्दै शिल्पालाई सोधे –तिमी जाने बाटो कता ?

काठमाडौं । चलचित्र ‘कागजपत्र’ को ‘स्याड भर्सन’ गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा सञ्चारकर्मीहरुसँग होलीको रंग एकआपसमा दलेर निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ‘तिमी जाने बाटो कता’ बोलको गीतमा फिल्मका चार प्रमुख कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई पीडामा देखाइएको छ ।

प्रविशा अधिकारी र अनुप शर्माको आवाज रहेको गीतमा संगीत सापकोटाको संगीत र शब्द रचना छ । निर्देशक अपिल विष्टले सार्वजनिक गीतलाई कथाको मर्मअनुसार फिल्ममा स्थान दिइएको बताए । यो फिल्मले नक्कली विवाह गरेर अष्ट्रेलिया जानेहरुको कथा भन्छ । यसको कथा निर्देशक विष्ट आफैंले तयार पारेका हुन् । चलचित्रमा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

प्रतिकृया दिनुहोस

Check Also

गौरव शिक्षक र अनु पत्रकार बनेपछि

काठमाडौं । आरबि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ …