Home / खेल / पाँचौं साफ महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

पाँचौं साफ महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । यहाँस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् । यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् । नेपालले शुरुआतदेखि नै आक्रामक खेलेको थियो । आगामी शुक्रबार नेपालले उपाधिका लागि भारतसंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारतले बुधबारै बङ्गलादेशलाई ४–० ले हरायो ।
नेपालको यो चौथो उपाधि भिडन्त हुनेछ । यसअघिका तीन पटक नै नेपाल फाइनलमा भारतसंग पराजित भएको छ । एक पटक भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा

विराटनगर । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको …