शिक्षामा भएको नीजिकरण, व्यपारिकरण र माफियाकरणका विरुद्ध अखिल (क्रान्तिकारी)

0 165

बाँके । मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ ।

पछिल्लो समय बाँके जिल्लाका विभिन्न विद्यालयहरुमा संगठन विस्तार अभियान संचालन गरिरहेको कुरा अखिल (क्रान्तिकारी) नेता मनोज थापाले जनपथलाई जानकारी गराउनु भएको छ ।

आज एक माध्यमिक विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा विष्णु के सिको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन भएको छ । उक्त कमिटीमा उपाध्यक्ष प्रकाश वि. क.,सचिव विनोद सुनार,सहसचिव झरना साई,कोषाध्यक्ष दिलमाया खत्री, सदस्यहरुमा दिपेस परिवार , याम कुमारी बुढा क्षेत्री , रोसनी सुनार ,सिर्जना डि के , निशा जि.सी,कमल राना , मिना बुढाक्षेत्री , तारा सिहं आदि रहनु भएको छ ।

वर्तमान समयमा दलाल पुँजीवादी संसदीय पार्टीहरु उनीहरुको विद्यार्थी संगठन यथास्थिति, प्रतिगमन र प्रतिक्रान्तिको गलत मार्गमा लिप्त भएपछि नेपाली समाजमा रहेका विद्यमान विकृति विसंगति, जनताको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदमका विरुद्ध अखिल (क्रान्तिकारी ) लडिरहेको संगठनका नेताले बताए ।

नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनताको मौलिक हकका विरुद्ध हुने सबै खाले प्रतिक्रियाहरुको विरुद्ध तथा नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर सडकबाट नैै अखिल (क्रान्तिकारी)ले भुमिका खेलिरहेको विद्यार्थी नेताले बताउनु भयो ।

You might also like
Loading...