Home / प्रवासी खबर / फेसबुक नायक शाह एनआरएन अष्ट्रेलियाको अध्यक्षमा लड्दै

फेसबुक नायक शाह एनआरएन अष्ट्रेलियाको अध्यक्षमा लड्दै


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
गतवर्ष नेपाल सरकारले उनलार्ई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।
एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उनले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहेका छन् । उनले फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत नायकको रुपमा अभिनय गरिसकेका छन् । अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । …