Home / प्रवासी खबर / मलेसिया जाने कामदार अन्तको तुलनामा सबैभन्दा समस्यामा

मलेसिया जाने कामदार अन्तको तुलनामा सबैभन्दा समस्यामा

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ । मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमले यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियोे । जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकामा हालसम्म १३ हजार ५५० जनालाई त्यस्तो सहायता प्रदान गरिएको छ ।

त्यसरी पीडित भई उजुरी दिनेलाई रु ३७ करोड ८४ करोड क्षतिपूर्ति पाउने निर्णय भएको ‘वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता परियोजना’ का प्रमुख अधिवक्ता कृष्ण न्यौपानेले जानकारी दिए । उजुरीको प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा ४५, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी २५, भनेअनुसारको तलब र काम नपाएको २५ र अन्य प्रकारका पाँच प्रतिशत उजुरी पर्ने गरेको छ । लैङ्गिकताका आधारमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला तथा ठगी हुने माध्यमका आधारमा ६५ प्रतिशत संस्थागत र ३५ प्रतिशत व्यक्तिगत उजुरी परेका थिए । जनमञ्चका सल्लाहकार सोम लुइँटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

Check Also

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । …