Home / प्रवासी खबर / मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी


क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि शनिबारसम्म तीन दिने ‘मिस्टिक नेपाल’ प्रदर्शनी आयोजना गरिएको छ । नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भएको नेपाली दूतावासले जनाएको छ । किनबेचकोसमेत व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताए ।

प्रतिकृया दिनुहोस

Check Also

मलेसिया जाने कामदार अन्तको तुलनामा सबैभन्दा समस्यामा

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको …