Home / आर्थिक / चूडामणि शर्माको सुनुवाइ हेर्दाहेर्दैमा आइतबारका लागि तोकियो

चूडामणि शर्माको सुनुवाइ हेर्दाहेर्दैमा आइतबारका लागि तोकियो

काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदन माथिको सुनुवाइ हेर्दाहेर्दैमा आइतबारका लागि तोकेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा बुधबार सुनुवाइ हुँदाहुँदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । मंगलबारदेखि अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

विद्युत् उत्पादनः निजी र सरकारी बराबरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ …