Home / स्वास्थ्य / अनशनरत प्रा डा केसीको समर्थनमा प्रदर्शन

अनशनरत प्रा डा केसीको समर्थनमा प्रदर्शन

काठमाडौँ । दुई हप्तादेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसीको समर्थनमा र्‍याली निकालिएको छ । विभिन्न संघसंस्था तथा सरोकारवालाको आयोजनामा निकालिएको र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर प्रदर्शनी मार्गमा पुगेको थियो । प्राडा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि आमरण अनशन शुरु गरेका थिए । शिक्षा मन्त्रालयले डा केसीलाई अनशन तोडी वार्तामा आउन पटकपटक आग्रह गर्दै आएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको थियो । र्‍यालीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

स्वाइनफ्लु भयाबह बन्दै, हालसम्म १० जनाको मृत्यु

काठमाडौँ । स्वाइनफ्लु रोग भयावह बन्दै गएको छ । स्वाइनफ्लुबाट हालसम्म १० जनाको मृत्यु भइसकेको …