Home / स्वास्थ्य / औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्‍यो पाँच लाख

औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्‍यो पाँच लाख


काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ । सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पुर्‍याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए । सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पुर्‍याइएकी बालिकाको साँझ ७ बजेतिर मृत्यु भएको थियो । बिरामीको मृत्यु भएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।

प्रतिकृया दिनुहोस

Check Also

स्वाइनफ्लु भयाबह बन्दै, हालसम्म १० जनाको मृत्यु

काठमाडौँ । स्वाइनफ्लु रोग भयावह बन्दै गएको छ । स्वाइनफ्लुबाट हालसम्म १० जनाको मृत्यु भइसकेको …