Home / आर्थिक / चूडामणि शर्माको थुनुवासम्बन्धी निवेदनको निर्णय शुक्रबार

चूडामणि शर्माको थुनुवासम्बन्धी निवेदनको निर्णय शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा बिहीबार सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएमुताबिक अहिले थुनामा राखिएको छ । सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ । कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहेका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस

प्रतिकृया दिनुहोस

Check Also

विद्युत् उत्पादनः निजी र सरकारी बराबरी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ …