Home / स्वास्थ्य / स्वाइनफ्लु भयाबह बन्दै, हालसम्म १० जनाको मृत्यु

स्वाइनफ्लु भयाबह बन्दै, हालसम्म १० जनाको मृत्यु

काठमाडौँ । स्वाइनफ्लु रोग भयावह बन्दै गएको छ । स्वाइनफ्लुबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । व्यवस्थापिका–संसद्को बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनपफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेकोसमेत बताएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघाखोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

काठमाडौँ । आमरण अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक …