Home / आर्थिक / इन्धनको प्राविधिक नोक्सानीको प्रतिवेदन १५ दिनभित्र तयार पार्न संसदको निर्देशन

इन्धनको प्राविधिक नोक्सानीको प्रतिवेदन १५ दिनभित्र तयार पार्न संसदको निर्देशन


काठमाडौँ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले १५ दिनभित्र इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको यथार्थ विवरणसहितको प्रतिवेदन तयार पार्न आपूर्ति मन्त्रालय र सोअन्तर्गतका निकायलाई निर्देशन दिएको छ । उपसमितिले सरोकार भएका निकायसँगको छलफलपछि प्राविधिक नोक्सानीको यथार्थ प्रतिवेदन तयार पार्न र सो अवधिसम्म अहिलेकै अनुपातमा प्राविधिक नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था जारी राख्न निर्देशन दिएको उपसमितिका संयोजक सांसद सुवासचन्द्र ठकुरीले जानकारी दिए । सो अवधिसम्म आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनलाई उपसमितिले आग्रह गरेको छ । थप अध्ययन गर्नुपर्ने निष्कर्षसहितको गत हप्ताको प्रतिवेदनमा एशोसिएसनकै अध्यक्षको समेत हस्ताक्षर रहेकाले शुक्रबारदेखिको आन्दोलन एशोसिएसनले फिर्ता लिने विश्वास उनको छ । समितिको निर्देशन विपरीत आन्दोलनका कार्यक्रम जारी राखेमा प्रचलित कानुनबमोजिम एशोसियसनलाई कारबाही हुने चेतावनी उनले दिए ।

प्रतिकृया दिनुहोस

Check Also

भारतीय प्रहरीको दादागिरी, जाँचमा कडाइले ढुवानी प्रभावित

लुम्बिनी । भारतीय अर्धसैनिक बल एसएसबीले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक …