Home / देश / फेवाताल किनारका दुई सय वटा गाँजाको बोट फाँडियो

फेवाताल किनारका दुई सय वटा गाँजाको बोट फाँडियो


पोखरा । सामुदायिक सेवा केन्द्र बैदामले लागू औषध सेचतना सम्बन्धि वार्षिक कार्यक्रम अनुरुप गाँजा फँडानी गरेको छ । फेवाताल किनार सेदी बगरदेखि खपौंदी क्षेत्रमा उम्रिएका झण्डै २ सय गाँजाको बोट फडाँनी गरिएको केन्द्रका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । वडा प्रहरी कार्यालय बैदाम, मेट्रो प्रहरी र केन्द्रको टोलीले सो क्षेत्रमा गाँजा फडानी गरेको हो । विभिन्न व्यक्तिहरुको घरका करेसा बारिमा हुर्किदै गरेको गाँजाका बोटहरु फडानी गरिएको वप्रका बैदामका प्रहरी निरिक्षक बसन्त कुमार शर्माले बताए । ‘करेसा बारीमा गाँजाका बोट हुर्किएको देख्दा व्यवसायिक प्रयोजनका लागि पनि हो कि भन्ने आशंका उब्जिएको छ, त्यसका बारेमा छानविन गर्नेछौं’–शर्माले भने । गाँजा फाँडन प्रहरी टोली घरघरै पुगेपछि अब आइन्दा घर वरपर उम्रिएका गाँजाका बोटहरु आँफै फडाँनी गर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका थिए । केन्द्र बैदामले गत साता बैदाम क्षेत्रमा २ टन गाँजा फाँडेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन

काठमाडौँ । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा …