Home / देश / भारतीय प्रहरीको अतिवाद, तत्काल नेपाली युवक छाड्न माग

भारतीय प्रहरीको अतिवाद, तत्काल नेपाली युवक छाड्न माग

इलाम । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोधमा राजनीतिक दलले तत्काल रिहाइको माग गरेका छन् । दलहरूले पक्राउ परेका सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन् । आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका फागोलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको उनका परिवारजनले जनाएका छन् । उदयलाई दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै भारतीय प्रहरीले पक्रेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

प्रतिनिधिसभाको प्रत्यक्षमा ८० स्थान जित्दै एमाले पहिलो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा …