Home / मनोरञ्जन / किन चितवन पुगे पल र आँचल ?

किन चितवन पुगे पल र आँचल ?


चितवन , भाद्र ३० लाई आफ्नो रिलिज डेट लक गरेको फिल्म ‘जोनी जेन्टलम्यान’ ले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिईरहेको छ । शुक्रवार फिल्मका मुख्य कलाकार पल शाह ,आँचल शर्मा, निर्माताद्धय एन्ड्रियु पौडेल र अजय मल्लले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका दुई जना समाजसेवीलाई बिशेष सम्मान गर्दै फिल्मको प्रचार सुरु गरेका हुन् ।

फिल्म यूनिटले समाजसेवी तथा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र अर्की समाजसेवी छायाँ श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको हो । एन्ड्रियु पौडेलको निर्माण रहेको फिल्ममा पल शाहले जोनीको भूमिकामा प्ले गरेका छन् । नीतिन चन्द फिल्मका निर्देशक हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

प्रेमले आयुष्मानको करियर कता लाग्दैछ ?

काठमाण्डौ , केहि समय अगाडी अभिनेत्री प्रियंका कार्की र एक्टर आयुष्मान डिएस जोशीको प्रेमले निकै …