Home / मनोरञ्जन / ‘ठग्स अफ हिन्दुस्तान’ को तस्विर लिक भएपछी

‘ठग्स अफ हिन्दुस्तान’ को तस्विर लिक भएपछी


बलिउड , पछिल्लो समय फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को विषयलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । फिल्ममा अमिताभ बच्चन र आमिर खान एक साथ् देखिन्ने भएकोले पनि चर्चा बढेको हो । बलिउडमा लामो समय विताएर पनि संगै नदेखिएका यी दुइ ठुला स्टार पहिलो पटक यसै फिल्म मार्फत स्क्रिन शेयर गर्दैछन् । त्यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ ।

फिल्मको सेटबाट तस्वीर सार्वजनिक भएको छ , जसको चर्चा सामाजिक सञ्जालमा बढेको छ । सेटबाट पहिलो पटक यस किसिमको तस्वीर बाहिर आएको छ , जसमा अमिताभ र आमिर गेटअप मै छन् । फिल्मलाई ‘धुम ३’ निर्देशक विजयकृष्ण आचार्यले निर्देशन गरिरहेका छन् । फिल्ममा एक्ट्रेसको रुपमा कट्रिना कैफ र फातिमा शेख मुख्य भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …