Home / देश / बाढी पहिरोका कारण कम्तीमा ३० जनाको मृत्यु, तराई डुब्यो, पहाड खस्यो

बाढी पहिरोका कारण कम्तीमा ३० जनाको मृत्यु, तराई डुब्यो, पहाड खस्यो


काठमाडौँ । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट कम्तीमा ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले भने २९ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार–चार जना, मोरङ, बाँके र पाँचथरमा तीन–तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक–एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । दुई दर्जन जति बेपत्ता भएका छन् । अधिकांश तराई डुबेको छ भने पहाडी अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

निर्वाचनमा औसत ६८.६३ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न …