Home / देश / मौसममा सोमबारदेखिमात्र सुधार आउने, आइतबार पनि खतरा

मौसममा सोमबारदेखिमात्र सुधार आउने, आइतबार पनि खतरा

काठमाडौँ । मौसममा सोमबारदेखिमात्र सुधार आउने भएको छ । शुक्रबारदेखिको भारी वर्षाले थुप्रैको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको हो । बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले देशभर वर्षात् भएको र यो क्रम आइतबार पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

निर्वाचनमा औसत ६८.६३ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न …