Home / राजनीति / राप्रपा विभाजनबारे आयोगले आइतबार टुंगो लगाउने

राप्रपा विभाजनबारे आयोगले आइतबार टुंगो लगाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनबारे निर्वाचन आयोगले आइतबार अन्तिम टुंगो लगाउने भएको छ । राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि गत साउन २२ गते आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सनाखतका लागि आयोगले आइतबार छलफलमा बोलाएकाले दल विभाजनको टुंगो आइतबार नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार राप्रपालाई १६५ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा प्रजातान्त्रिक दल बनाउन निवेदन दिएको छ । निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ । राप्रपा अध्यक्ष कमल थापाले एकलौटी ढंगले पार्टी चलाएको भन्दै पशुपति शमशेर समूहले पार्टी फोडेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनी दुर्घटनामा घाइते

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी घाइते भएका …