Home / स्वास्थ्य / डा केसीको स्वास्थ्य नाजुक, अनसन तोड्न स्वास्थ्यमन्त्रीको आग्रह

डा केसीको स्वास्थ्य नाजुक, अनसन तोड्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत प्रा डा गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गरेका छन् । सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गरेका हुन् । उनले विज्ञप्ति जारी गरी डा केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गरेका हुन् । तीन सातादेखि आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रामा कमी भई स्वासप्रस्वासमा समस्या भइरहेको र छातीमा दुखाइ बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा केसी ११ औं पटक आमरण अनसनमा बसेका हुन् ।

प्रतिकृया दिनुहोस

Check Also

औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्‍यो पाँच लाख

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि …