Home / मनोरञ्जन / पत्रकार गिरी पुरष्कृत , सप्पन्न भयो मोफसलको अवार्ड

पत्रकार गिरी पुरष्कृत , सप्पन्न भयो मोफसलको अवार्ड


काठमाण्डौ , अघिल्ला वर्ष झैँ यस पटक पनि सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकद्वारा आयोजित अवार्डको तेस्रो शृंखलामा २७ विधामा अवार्ड प्रदान गरिएको थियो । यसै गरि पत्रकारिता पुरष्कारबाट रङ पत्रकार कुबेर गिरी र लोक सञ्चारकर्मी चन्द्रमणि गौतमलाई नगद रु ५,५५५ सहित प्रमाण पत्रद्वारा पुरष्कृत गरिएको थियो ।

यता कलाकार रश्मि तामाङ ३३,३३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको थियो । रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक रहेको जुरी समितिमा सदस्यहरु संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको थिए ।

अवार्ड विजेताहरु
आधुनिक तर्फ
गायक ः कृष्ण काफ्ले ला छैन् माया पिरती
गायिका ः सहिमा श्रेष्ठ तिमी बोल
नव गायिका ः बुनु उप्रेति टुट्यो टुट्यो
गीतकार ः डा.कृष्णहरी बराल मेरो चरित्रमा शंका गर्ने तिमीको
संगीतकार ः सुरेन्द्र श्रेष्ठ म रुँदा
मोडल महिला ः जान्वी बोहरा चित्त यो मेरो
मोडल पुरुष ः केके अधिकारी झड्का
म्युजिक भिडियो ः निर्देशक नविन गुरुङ उडि जाने
म्युजिक भिडियो ः सम्पादन दिपक विष्ट कोहि कोहिको माया
म्युजिक भिडियो ः छायांकार अजय रेग्मी कोहि कोहिको माया
पब्लिक च्वाइस अवार्ड ः खुस्बु खड्का तिमी बोल
एस.एम.एस भोटिङ अवार्ड ः मञ्जिता केसी सम्झेर फेरी

लोकदोहोरी तर्फ
गायक मौसम गुरुङ तिमी फुल हौ कालि
गायिका भुमिका गिरी सातो पुत्लो गयो
नव गायक तिलक परियार तोरी हरियो
नव गायिका टिका तारमिमगर गुन्द्रुक सिन्की पकाउनु पर्दैन
शब्द शिखर गजरकोटे चरि भएदेखी
लय उद्धव कार्की नुवाकोटे कोहि भन्दा
मोडल पुरुष दुर्गेश थापा तिमी फुल हौ कालि
मोडल महिला रिना थापा मगर भुरुरु पुतली
म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट मायाले माया लुकायो
म्युजिक भिडियो सम्पादन प्रविण भट्ट आज गाउँमा
म्युजिक भिडियो छायांकन दुर्गा पौडेल आज गाउँमा
जुरी अवार्ड ः कृष्ण रेउले आज गाउँमा
पब्लिक च्वाइस अवार्ड ः मञ्जु गौतम हेलम्बुको स्याउँ
पपुलर अवार्ड ः दिनेश थापा बोेली नफेर
इन्करेजमेन्ट अवार्ड ः लिला गिरी एक चोटी भेट्न पाए

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …