Home / मनोरञ्जन / फिल्मकर्मी गर्दैछन सहयोग घोषणा

फिल्मकर्मी गर्दैछन सहयोग घोषणा


काठमाण्डौ , यातिबेला पूर्वी तराई डुबानमा छ । निरन्तरको बर्षातका कारण डुबानमा परेको हो । तराईको पूर्वी भू-भाग लगभग डुबानमा परेको छ भने अन्य क्षेत्रमा पनि खतराको जोखिम बढ्दो नै छ । तराई डुबानमा पर्दा पनि सरकार मौन रहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न खाले आक्रोश व्यक्त भइनै रहेका छन् । सरकार मौन रहेता पनि कलाकर्मी भने आफुले सक्दो सहयोग गर्ने तयारीमा छन् । केहि कलाकारले युवालाई जुटन सहयोग गरेका छन् भने केहिले सहयोग पनि घोषणा गरिसक्केका छन् ।

आउनुस हामी पनि एकछिन , यिनै मनकारी कलाकारको बारेमा चर्चा गरौ । अभिनेता दीपक राज गिरी र अभिनेत्री पुजा शर्माले एक-एक लाख दिने घोषणा गरिसकेका छन् भने दीपाश्री निरौला र प्रियंका कार्कीले ५१ हजार दिने घोषणा गरेका छन् । यता कलाकार संघले ६५ हजार दिने घोषणा गरेको छन् भने कलाकार निर्माण शर्माले पनि आफुले १० हजार दिदै राहतको लागि एउटा समुह नै बनाइ सकेका छन् ।






प्रतिकृया दिनुहोस

Check Also

प्रेमले आयुष्मानको करियर कता लाग्दैछ ?

काठमाण्डौ , केहि समय अगाडी अभिनेत्री प्रियंका कार्की र एक्टर आयुष्मान डिएस जोशीको प्रेमले निकै …