Home / मनोरञ्जन / कलाकार संघले स्थापना गर्‍यो ‘राहत कोष’

कलाकार संघले स्थापना गर्‍यो ‘राहत कोष’


चलचित्र कलाकार संघ, नेपालले बाढी प्रभावितको सहयोगका लागि राहत कोष स्थापना गरेको छ । आइतबार बिहान बसेको कार्यसमितीको बैठकले सुरुमा ६५ हजार नगद भूकम्प प्रभावितका लागि सरकारको माध्यमबाट सहयोग गर्ने निर्णय गरेको थियो ।

तर, पछि आफै कलाकार संघले राहत कोष स्थापना गरेर सहयोग जुटाउन थालेको हो । कलाकार संघका अध्यक्ष रामकेशर बोगटीका अनुसार, अब विभिन्न क्षेत्रबाट राहत कोषका लागि उपलब्ध सामाग्री र नगद आफै प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने योजना कलाकार संघको छ ।

कलाकार संघका अनुसार अहिलेसम्म मह संचारबाट नगद १ लाख र कलाकार किरण केसीको तर्फबाट नगद १ लाख राहत कोषमा जम्मा भैसकेको छ । कलाकार संघ आफैले ६५ हजार नगद राखेर कोष स्थापना गरेको हो ।

प्रतिकृया दिनुहोस

Check Also

विनय र सृष्टि भन्दैछन् –तिम्रै लागि हो (भिडियोसहित)

काठमाडौं । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक …