Home / मनोरञ्जन / राहत लिएर तराई पुगे धुर्मुस

राहत लिएर तराई पुगे धुर्मुस

काठमाण्डौ , केहि समय यता विपतको बेलामा सहयोगी हातलाई अगाडी बढाउदै आएका कलाकार तथा समाजसेवी धुर्मुस अर्थात् सिताराम कट्टेलले फेरी त्यो कार्यलाई निरन्तरता दिएका छन् । उनि केहि दिन लगातार वर्षाको कारण क्षति पुगेको तराईको जिल्लामा पुग्दैछन । लगातारको वर्षा र त्यसले निम्त्याएको वाढीको कारण तराई अहिले क्षतिग्रस्त छ ।

त्यहि क्षतिलाई केहि कम गर्न धुर्मुस काठमाण्डौबाट तराई झरेका छन् । धुर्मुस भन्छन ‘धुर्मुस सुन्तली फाउन्डेशनको सक्रियतामा बाढीबाट प्रभावित भएका जनताका लागि राहत संकलन गर्न अहिले म बर्दिवासमा छु र हामी अहिले राहत र उद्धारमा खटिनका लागि तयारी अवस्थामा छौं’ धुर्मुसले थपे ‘सडक समेत अवरुद्ध भएकाले कता जाने भन्ने सोच्दैछौ ।’ उनि राहत लिएर महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका बाढी प्रभावित ठाउँमा पुग्ने पनि बताए योजना बनाई रहेका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

यस्तो आयो ‘पिँजडा ब्याक अगेन’को ट्रेलर

काठमाडौं ।‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको ट्रेलरमा …