Home / स्वास्थ्य / प्रचण्डले भने ‘आइएम विथ डाक्टर गोविन्द केसी’

प्रचण्डले भने ‘आइएम विथ डाक्टर गोविन्द केसी’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ प्रा डा गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । एक्काइस दिनदेखि आमरण अनशनमा रहेका डाकेसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् । भेटमा अध्यक्ष दाहालले भने , “काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।”

प्रतिकृया दिनुहोस

Check Also

औषधिले असर गर्दा बालिकाको मृत्यु भएपछि अस्पतालले तिर्‍यो पाँच लाख

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि …