Home / प्रवासी खबर / प्रवासमा सहयोग संकलन

प्रवासमा सहयोग संकलन


युएई , पछिल्लो समय बढी पिडितका लागि सहयोग जुटाउने क्रम बढ्दो नै छ । यसका लागि नेपालीमा मात्र नभई प्रवाशी सहयोग पनि जुटिरहेका छ । प्रवाशी नेपालीले यस अवस्थामा देखाइएको सहयोगको सर्वत्र प्रसंसा भइरहेको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति युएईले बाढीपहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली ४ लाख ३० हजार आर्थिक सहयोग संकलन गरेकोछ ।

समिति संयोजक मणि लामा लगायत ५ सदस्य तथा क्षेत्रीय सभापतिहरु शिव चलिसे ( सार्झा), गोबिन्द भण्डारी (दुबई) , शशी सागर पन्डित (आज्मन), कृष्ण गिरि (फुजेरा), दामोदर चलिसे (आबुधाबी), सैलेश खाती कस्तरी ( रस अल खेमा) र जनक सापकोटा (अलयिन) ले गरेको क्षेत्रगत प्रयासमा उक्त रकम संजलन भएको हो । बाढी प्रभावित क्षेत्रहरुमा राहत पुर्याउने लक्ष्यकासाथ संकलन भएको उक्त रकम हिजो २२ तारिखका दिन आर्थिक संकनल समिति र जन संपर्क समितिको बसेको बैठकले तराईको क्षेत्र सुनसरी,इटहरी ,मोरङ र झापामा राहत वितरण गर्ने निर्णय गरेको छ ।

बाढीपीडितहरुलाई लत्ताकपडा, खाद्यान्न, औषधी उपचारमा सहायता गरि पुर्नस्थापना गर्न नेपाली जनसम्पर्क समिति युएईले संगठनमा आबद्ध नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरेर राहत पठाएईको हो । केन्द्रिय सामितिमा रहनहुने पदाधिकारी, क्षेत्रीय समितीमा आबद्ध सदस्यहरु एबं शुभेच्छुक नेपालीहरुबाट संकलन गरिएको कुल रकम १५ हजार ५ सय ३६ दिराम अर्थात (नेपाली रुपैयाँ ४ लाख ३० हजार) बुधबार नेपाली जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेतमार्फत नेपाल पठाउनका लागि हस्तान्तरण गरिएको हो । उक्त रकम जनक सापकोटाको समन्वयमा बाढी पीडितलाई राहत वितरण गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

मलेसिया जाने कामदार अन्तको तुलनामा सबैभन्दा समस्यामा

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको …