Home / स्वास्थ्य / चिकित्सकको सल्लाह –मुटु र रगतको जाँच गरेर मात्रै मासु खाउ

चिकित्सकको सल्लाह –मुटु र रगतको जाँच गरेर मात्रै मासु खाउ

भक्तपुर । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ । चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्न जरुरी भएको चिकित्सकको सुझाव छ ।

प्रतिकृया दिनुहोस

Check Also

प्रा डा गोविन्द केसीको १२ औं आमरण अनशन स्थगित, १९ गतेदेखि थाल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२ औं अनशन …