Home / स्वास्थ्य / प्रा डा गोविन्द केसीको १२ औं आमरण अनशन स्थगित, १९ गतेदेखि थाल्ने

प्रा डा गोविन्द केसीको १२ औं आमरण अनशन स्थगित, १९ गतेदेखि थाल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२ औं अनशन स्थगित गरेका छन् । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको उनले विज्ञप्तिमार्फत जनाएका छन् । प्रा डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ । व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

चिकित्सकको सल्लाह –मुटु र रगतको जाँच गरेर मात्रै मासु खाउ

भक्तपुर । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर …