Home / प्रवासी खबर / खाडीका कामदारको हकहितमा लड्न राजदूतलाई प्रधानमन्त्री देउवाको निर्देशन

खाडीका कामदारको हकहितमा लड्न राजदूतलाई प्रधानमन्त्री देउवाको निर्देशन

मस्कट । प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका छन् । ओमनको मस्कटमा मंगलबार आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुनेका थिए । उनले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गरे । कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गरे ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिए । खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन गर्न ‘मिस्टिक नेपाल’ प्रदर्शनी

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । …