Home / भिडियो / ‘दशैँ तिहार गाउँमै रमाइलो’ म्युजिक भिडियो

‘दशैँ तिहार गाउँमै रमाइलो’ म्युजिक भिडियो

काठमाडौँ । गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ । गायिका पन्तले यसअघि ‘रियालिटी’ (पप आधुनिक), ‘दिलको बदला’ (आधुनिक) र ‘दीपा’ (आधुनिक) एल्बम बजारमा ल्याइसकेकी छिन् ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …