Home / देश / बस दुर्घटनामा तीनको मृत्यु, २० घाइते

बस दुर्घटनामा तीनको मृत्यु, २० घाइते

मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर छ । दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ । बस बे्रक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

निर्वाचनमा औसत ६८.६३ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न …