Home / भिडियो / आयो हेप्पी डेजको चेप्टेचेप्टे पेरूङ्गो

आयो हेप्पी डेजको चेप्टेचेप्टे पेरूङ्गो

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘हयाप्पी डेज’ को गीत ‘चेप्टे चेप्टे पेरुङ्गो…..’ युटयुबमार्फत सार्वजनिक भएको छ । चाम्सले ‘हयाप्पी डेज’ को उक्त गीतमा आफ्नो अघिल्लो फिल्म ‘वीरविक्रम’ कै अनस्क्रिन जोडी दयाहाङ राई र दिया पुनलाई नै खेलाएका छन् । दियाले फिल्ममा केमियो भूमिका मात्र निर्वाह गरेकी छन् भने फिल्ममा दयाहाङको जोडीको रूपमा प्रियंका कार्की रहेकी छन् । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा राजनराजले अञ्जु पन्तसँगै गायनमा समेत साझेदारी गरेका छन् । कविराज गहतराज नृत्य निर्देशक हुन् । गीतसँगै निर्देशक चाम्सले फिल्मको रिलिज मितिसमेत माघ १२ लाई निश्चित गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

कीर्तिमानी गायक टिका बम्जनको आयो हट भिडियो

काठमाडौं । संगीतमा तीन बिश्व कीर्तिमान बनाउन सफल गायक तथा संगीतकार टिका बम्जनले भर्खरै मात्र …