Home / विश्व / भारतमा आगलागी हुँदा आठ कामदार बेहोस

भारतमा आगलागी हुँदा आठ कामदार बेहोस

नयाँ दिल्ली । उत्तर भारतको एक अगरवत्ती कारखानामा शुक्रबार आगलागी हुँदा कारखानामा काम गर्ने आठ कामदार वेहोस भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रहरीले जनाएअनुसार चण्डीगढमा रहेको उक्त कारखानामा १० जना कामदारले काम गरिरहेका वेला एक्कासी आगलागी भएको थियो । आगलागीपछि अगरबत्तीबाट निस्केको धुँवाका कारण श्वासप्रश्वासमा समस्या भई उनीहरू बेहोस भएका थिए । तर एक प्रत्यक्षदर्शीले आगलागीका कारण कैयौँ मानिस बेहोस भएका बताए ।

प्रतिकृया दिनुहोस

Check Also

इरानमा ६.२ रेक्टर स्केलको भूकम्प, कम्तीमा १८ घाइते

तेहरान । इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ रेक्टर स्केलको भूकम्प गएको …