Home / देश / अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु आठ गम्भीर

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु आठ गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँैं पठाइएको छ । काठमाडौँ पठाइएकामा सन्धिखर्क –११ का गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका–२ का २१ वर्षीय उमेश कुँवर र ३८ वर्षीया यमकला भुसाल, मालारानी–३ का १८ वर्षीय भानुभक्त आचार्य, ३१ वर्षीय इन्दिरा आचार्य खनाल, तिलोत्तमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई र गुल्मी धुर्कोटका शोभे सार्की छन् । टाउकामा चोट लागेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा सिफारिस गरिएको प्रजिअ पखमराज भुसालले बताए । बस दुर्घटनाका ३७ घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र दुई सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । डाँडकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५७८ नंको बस सडकबाट ६० मि तल खसेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन

काठमाडौँ । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा …