Home / मनोरञ्जन / अदितिलाई चान्समा डान्स

अदितिलाई चान्समा डान्स

मुम्बई । निर्देशक विशाल भारद्वाज कम बजेटको फिल्म बनाउने तयारीमा लागेका छन् । विशालको अबको फिल्म कमेडी जेनरको हुनेछ । फिल्ममा नवाजुद्धिन सिद्धिकी प्रमुख भूमिकामा रहने बताइएको छ । उनले अदिति राव हैदरीलाई हिरोइन लिने भएका छन् । विशाल पहिले कृति सेननलाई हिरोइन लिने सोचमा थिए । कृतिसँग सम्पर्क हुन नसकेपछि उनले अदितिलाई लिन लागेका हुन् । नवाजुद्धिन र अदिति पहिलोचोटि सँगै अभिनय गर्दै छन् । अदितिलाई फिल्मको स्क्रिप्ट मन परेकाले उनले ग्रीन सिग्नल दिइसकेकी छिन् । फिल्मको सुटिङ केही समयपछि सुरु गर्ने तयारी विशालको छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …