Home / मनोरञ्जन / दुबईमा पृथ्वी परिक्रमा अवार्ड भब्य भएको आयोजकको भनाइ, २० वर्षभित्र संसारभर

दुबईमा पृथ्वी परिक्रमा अवार्ड भब्य भएको आयोजकको भनाइ, २० वर्षभित्र संसारभर

दुबई । पृथ्वी परिक्रमा अवार्ड आयोजना कार्यक्रम युएईको दुबईमा भब्य रुपले सम्पन्न भएको आयोजकले जनाएको छ । गत सेप्टेम्बर २९ तारिखमा अवार्ड भब्य रुपले सम्पन्न भएको हो । अवार्ड अध्यक्ष आरके सुवेदीको अध्यक्षतामा सम्पन्न भएको अवार्ड समाहरोमा युएई पहिलो पटक ५१ दक्ष व्यक्तिलाई अवार्ड, ५१ जना समाजसेवीलाई कदर पत्र, ५१ जना सहयोगी भाबना बोकेका अग्रजहरुलार्इ सम्मान र ५१ जना युवा पुस्तालाई प्रोत्साहित गर्न प्रमाणपत्र प्रदान गरियो । युएईका लागि नेपालका राजदुत नेत्रबहादुर टण्डन, एनआरआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ ,नेपाली समाजका युएई अध्यक्ष चन्द्रप्रसाद सापकोटा ,बिज्नेस काउन्सिल युएई अध्यक्ष एकेन्द्र थापा ,समाजसेवी सालिक सुवेदी ,पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल, विभिन्न संघसंस्थाको प्रमुख ज्युहरु हांस्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, पृथ्वी परिक्रमा अवार्ड युएई सम्योजक तथा नेपाली समाज युएई उपाध्यक्ष प्रविणकाजी श्रेष्ठलगायतले पृथ्वी परिक्रमा अवार्डको मैनबत्ती बालेर उदघाटन गरेका थिए । उद्घाटन सत्रपछि उनीहरुले यो एतिहासिक अवार्ड र पत्रकार सुवेदीको यो अभियान देशको गौरब भएकोमा सबै देशमा बस्नेहरुले निर्वाध रुपमा सहयोगमा हातेमालो गर्न अपिल गरे । यस भन्दा अगाडि पनि बक्स अफिस फिल्मी क्लब नेपाल र बक्स अफिस इन्टरनेशनल गु्रपले पहिलो पटक दुबईमा नेपाली चलचित्रको फिल्म अवार्ड, कलाकार र दुबई कलाकारको फुटबल लगायत विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिसकेको छ।

यो सम्मान कार्यक्रम अन्य फिल्म अवार्ड जस्तो नभई गिनिज बुक अफ द वल्र्ड रेकर्ड होल्डर तथा विश्व किर्तिमानी पत्रकार रामबहादुर सुवेदीको पृथ्वी परिक्रमाको अवसरमा अवार्ड आयोजना गरेर पृथ्वी परिक्रमा गर्ने लक्ष्यसँग केन्द्रित रहेको पनि सबैमा जानकारी अवार्ड समाहारोमा जानकारी गराइयो । पृथ्वी परिक्रमा अवार्ड २०७४ सालमा देशभरिका शक्तिपिठहरुमा राष्ट्रिय झण्डा सहित पुजापाठ पुरा गरी दुबईबाट पृथ्वी परिक्रमा अवार्डको शुभारम्भ भएको यो अवार्ड हरेक बर्ष ८ वटा देश र नेपालको ४ जिल्लामा सम्पन्न गरी २० बर्ष भित्र संसारभर अवार्ड आयोजना गरि पृथ्वीको एक फन्को लगाइने उद्देश्य रहेको अवार्ड अध्यक्ष सुबेदीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …