Home / देश / केसीले बनाए ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान

केसीले बनाए ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान

काठमाडौँ । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ । यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन

काठमाडौँ । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा …