Home / आर्थिक / निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या

काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । दिउँसो ३ बजेतिर काठमाडौँको नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट उनको मृत्यु भएको हो । घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपुर्याउनुअघि नै मृत्यु भइसकेको जानकारी दिए । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले केहीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । हत्याराको खोजी तीव्र भइरहेको प्रहरीले जनाएको छ । निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता लगाइ कार्वाही नभएसम्म मुलुकभरका निर्माण काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

तीन सुन पसलमा छापा

काठमाडौँ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन …