Home / राजनीति / राप्रपा सरकारमा सहभागी हुने, बुझाए प्रतिवद्धतापत्र

राप्रपा सरकारमा सहभागी हुने, बुझाए प्रतिवद्धतापत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुने भएको छ । पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा देखिएको अन्योलताले चुनाव समयमा हुन नसक्ने हुँदा पार्टीले सरकारमा प्रतिनिधित्व गरेर भए पनि चुनावको वातावरण बनाउन अधिकांश नेताले सुझाएपछि सरकारमा जाने निर्णय गरेको हो । उक्त बैठकले वृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भई आगामी चुनावमा भाग लिने निर्णय गरेको छ । सो अनुसार राप्रपा नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवद्धतापत्र बुझाएका छन् । राप्रपाले उपप्रधान तथा गृहमन्त्रालय पाउने गरी सरकारमा सामेल हुन लागेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

Check Also

वाम गठबन्धनको कमाल, छ वटा प्रदेशमा दुईतिहाइ

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन …