Home / राजनीति / नेमकिपा बाम एकतामा गएन, एक्लै लड्ने

नेमकिपा बाम एकतामा गएन, एक्लै लड्ने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका छन् । बाम एकतासंग मिल्ने प्रसङ्ग चलिरहँदा बिजुक्छेले एक्लै चुनाव लड्ने बताएका हुन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताए । उनले स्थानीय निर्वाचनमा एक्लै लडेको दललाई अब पनि कसैको साथ नचाहिने बताए ।

प्रतिकृया दिनुहोस

Check Also

संसद्को अवधि समाप्त

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि …