Home / विश्व / उत्तर भारतमा चिनी कारखानाबाट ग्याँस चुहावट हुँदा ३०० विद्यार्थी विरामी

उत्तर भारतमा चिनी कारखानाबाट ग्याँस चुहावट हुँदा ३०० विद्यार्थी विरामी

नयाँदिल्ली । उत्तर भारतको शाम्ली जिल्लामा एक चिनी कारखानाबाट चुहावट भएको विषाक्त ग्याँसका कारण नजिकैको विद्यालयमा अध्ययन गरिरहेका करिब २०० विद्यार्थी विरामी परेपछि उनीहरूलाई उपचारका लागि भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ । विषाक्त ग्याँसका कारण विरामी बनेका विद्यार्थीलाई तत्कालै स्थानीय एक अस्पतालमा लगिएकोमा १७५ जना सामान्य उपचारपछि घर फर्केका छन् भन २५ जनालाई भर्ना गरी थप उपचार भैराखेको छ । विद्यार्थीले ग्याँसबाट भएको प्रदुषणका कारण पेट दुख्ने, वान्ता हुने, आँखा पोल्ने लगायतका समस्या भएको बताएपछि तुरुन्तै अस्पताल लगिएको थियो । उपचाररत दुई जनामा गम्भीर समस्या देखिएपछि उनीहरूलाई शाम्लीबाट पानीपट लगिएको राज्य प्रहरी नियन्त्रण कक्षका एक प्रहरी अधिकारीले बताए । स्थानीय केही समाचार माध्यमले प्रभावित विद्यार्थीको सङ्ख्या करिब ३०० रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

Check Also

भियतनामका कैयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु

हनोई । भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले …