Home / राजनीति / निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको मंगलबार यहाँ उद्घाटन गर्दै उनले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गरेका हुन् । उनले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् भने । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै डा यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिएका छन् । प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, नौ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ ।

 

प्रतिकृया दिनुहोस

Check Also

संसद्को अवधि समाप्त

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि …