Home / राजनीति / काँग्रेसले संसदीय समिति गठन गर्यो

काँग्रेसले संसदीय समिति गठन गर्यो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन । गत असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

Check Also

संसद्को अवधि समाप्त

काठमाडौँ । संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि …