Home / मनोरञ्जन / ‘फाटेको जुत्ता’ को नयाँ काइदा, दर्शकलाई नयाँ जुत्ता दिने

‘फाटेको जुत्ता’ को नयाँ काइदा, दर्शकलाई नयाँ जुत्ता दिने

काठमाडौँ । चलचित्र ‘फाटेको जुत्ता’ले दर्शकको लागि नयाँ योजना सार्वजनिक गरेको छ। अर्जुन कुमारको निर्माणमा बनेको चलचित्र ‘फाटेको जुत्ता’को प्रचार प्रसारको लागि निर्माण टिमले फाटेको जुत्ता लगाएको फोटो फेसबुकमा अपलोड गर्ने २५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने जनाएको छ। कात्तिक १७ गतेदेखि रिलिज हुने चलचित्रलाई दर्शकसामु प्रचार यस्तो योजना ल्याएको निर्माण पक्षले जनाएको छ। फाटेको जुत्ता फेसबुकमा पोस्ट गरि ट्याग गर्ने २५० जनालाई गोलाप्रथाद्वारा विजेता घोषणा गरि नयाँ जुत्ता उपलब्ध गराइने छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायत रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

Check Also

‘ऐश्वर्य’को नयाँ पोष्टर, केकीको प्रदर्शन

काठमाडौँ । रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा …